बुधबार, बैशाख २६, २०८१

महासंघद्दारा गौ हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग

सत्ता र कुर्सीका लागि नभइ देश र जनताका लागि  राजनीती गर्न महासचिव भण्डारीको सुझाव

वीरगंज पौष १३,  आगामी पौष २७ गतेका दिन मनाइने आधुनिक नेपालका निर्माता बडामहाराजाधिराज पृथ्वी नारायण शाहको आसन्न २९५ औं जन्मजयन्तीको 15748866_1628117520824051_494230951_o 15749957_1213538222060141_595598670_nअवसरमा विश्व हिन्दु महासंघ अन्र्तराष्ट्रियले आज वीरगंजको घण्टाघरमा एक वृहत आमसभाको आयोजना गरेको छ । आमसभालाइ सम्बोधन गर्दै महासंघ अन्रर्तराष्ट्रियका अध्यक्ष भरत केशर सिहंले अनादिकाल देखि नेपाल विश्वको एक मात्र हिन्दु अधिराज्य रही आएकोलाई वर्तमान समयमा यस पवित्र देशलाई जनमतै नगराई एक पक्षिय निर्णयद्वारा धर्म निरपेक्ष राज्यमा परिवर्तन गराउँदा विश्वभरीका हिन्दुहरुलाई मर्माहत तुल्याएको बताउनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै प्राप्त समाचारमा सम्बोधनको क्रममा अध्यक्ष सिंहले पौष २७ गतेलाई राष्ट्रिय पर्वको रुपमा हर्षोल्लासका साथ देश ब्यापी रुपमा मनाउनका निम्ति राष्ट्रिय बिदाको घोषणाको माग गर्नुको अलावा बडा महाराजाधिराज पुथ्वीनारायण शाहको तस्विरलाई नेपालको चलन चल्तीको कागजी मुद्रा तथा हुलाक टिकटमा प्रकाशित गर्नको लागि नेपाल सरकारसंग माग गर्नु भएको उल्लेख गरिएको छ ।

त्यस्तै अर्का वक्ता एवम् महासंघ अन्र्तराष्ट्रियका महासचिव अस्मिता भण्डारीले धर्म निरपेक्ष भएपछि देशमा गौहत्या बढेको हत्या, हिंसा, आंतक र दण्डहिनताको क्रम दिन– दिनै बढदै गएकोले भर्खरै सुदुरपश्चिममा सामुहिक गौहत्या भएको घटनाले सम्पूर्ण हिन्दूलाई स्तब्ध तुल्याएको बताउँदै घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कडा भन्दा कडा कानुनी कारवाहीको गर्न माग गर्नुभएको छ । त्यस्तैगरि महासचिव भण्डारीले राजनीतिक पार्टीले जनजीनवौ प्रभावित हुने गरि बन्द आव्हान गर्दा केही गर्ने नसक्ने तर राष्ट्रिय जनावर गाईको हत्यारालाई कारवाहीको माग गर्ने हिन्दूवादी नेपाली नागरिकलाई उठबस गराउने कार्य निन्दनीय एवं भत्सर्ना योग्य रहेकोले नेपाल सरकार र स्थानीय प्रशासनले तत्काल माफी मागी दोषी उपर कडा कारवाहीको माग गर्दै क्रिसमसमा विदा दिन नहिच्किचाउँने राज्यले राष्ट्र निर्माताको सम्झनामा विदा दिन आनाकानी गर्नु आफैमा उदेक लाग्दो विषय भएको जनाउ दिदै सत्ता र कुर्सीका लागि मात्र नभइ देश र जनताका लागि पनि राजनीती गर्न सुझाव दिनु भएको छ ।

आमसभामा विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष निल प्रसाद भण्डारी त्यस्तै नेपाल विद्वत परिषदका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक नरेश राज गिरी नेपाली काँग्रेस पार्टीका वरिष्ठ नेता एवं नेविसंघका संस्थापक संयोजक देवेन्द्रलाल नेपाली, वरिष्ठ समाजसेवी एवम् जेष्ठ नागरिक संघका संस्थापक अध्यक्ष पशुपति विक्रम शाह, राजसंस्थावादी वृहत्त समुहका संयोजक एवम् राष्ट्रिय जनतापार्टी राजावादीका अध्यक्ष किशोरी महतो, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य पृथ्वी प्रसाद झा, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका वरिष्ठ उप सभापति रामभुषण मिश्र, विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका नारायणी अंचल सभापति हरिविलाश खनाल, नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह, राजसंस्था पुनस्र्थापना संघर्ष समितिका केन्द्रिय अध्यक्ष गणेश साह, विश्व हिन्दू महासंघ पर्साका जिल्ला अध्यक्ष राजकिशोर चौवे, नेपाल राष्ट्रवादी शान्ति समुह बारा पर्साका संस्थापक अब्दूल सत्तार अंसारी, मिसन नेपाल पर्साका अध्यक्ष विराज यादव, राष्ट्रिय सरोकार मञ्च नारायणी अंचलका संयोजक नन्द किशोर गोयल, राष्ट्रिय नागरक संघर्ष समिति पर्साका अध्यक्ष दिनानाथ यादव, देशभक्त राजभक्त समुह पर्साका अध्यक्ष पशुपति रौनियार, शिवसेना नेपाल बारा पर्साका युवा अध्यक्ष आशीश तिवारी, नारायणी अंचल सदस्य रविलाल दुवाडी, बलराम शिवाकोटी, चितवन नगर अध्यक्ष बालकुमारी अर्याल, सहित्यकार अरुणविक्रम शाह, अनु राणा, बिगा राउत गदीलगायत विभिन्न राष्ट्रवादी संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930