शुक्रबार, बैशाख १४, २०८१

ब्लड बैंक बिर्तामोडलाइ ५० लाख कम्पोनेन्ट मेसिन सहयोग

बिर्तामोड पौष १५ , स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाइ 15750191_1834625493484061_237964867_nउदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार बिर्तामोडस्थित रक्तसञ्चार सेवा भवनको निरिक्षण गर्नुका साथै मानिसको जीवनसँग जोडिएको रगत आपूर्तिको सेवालाई प्रभावकारी बनाउन जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता व्यक्त कम्पोनेन्ट मेशीन चाडै पठाउने बताए ।

रेडक्रसले बिर्तामोडसहित छ स्थानमा ब्लड बैंक सञ्चालनमा ल्याइ सेवा दिइरहेको रेडक्रस सोसाइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिए ।   एक पोका रगतबाट आवश्यक तत्वको आधारमा चार जनासम्मलाई रगत आपूर्ति गर्न सकिने बताइएको छ । कम्पोनेन्ट मेसिनले रगतमा रहेको आरबीसी, डब्लुबीसी, प्लाज्मा, प्लेटलेट जस्ता तत्व छुट्याउने र जसलाई जुन तत्व आवश्यक छ त्यही मात्र दिन सकिने बताइएको छ ।