शुक्रबार, बैशाख १४, २०८१

शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न

काठमाडौं पौष २२ उत्तरी मकवानपुर थाहा नगरपालिका टिष्टुङस्थित श्री बज्रवाराही उच्च माध्यामिक विद्यालयलाइ नमुना विद्यालयका रुपमा विकास गर्न शैक्षिक तथा धार्मिक महोत्सवको सम्पन्न भएको छ । पौष १५ गते प्रारम्भ भएको उक्त महोत्सवमा ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको प्राप्त समाचारमा उल्लेख anup_20170104_4anup_20170104_11 anup_20170104_10 anup_20170104_8 anup_20170104_7 anup_20170104_6 anup_20170104_5anup_20170104_2 anup_20170104_1anup_20170104_3गरिएको छ ।
त्यस्तै महोत्सवमा स्थानीय इश्वर बिडारीले ५ रोपनी जग्गा दान पनि गर्नुभएको सो महोत्सवमा सहस्र शालिग्राम पूजा–अर्चना, विराट धनधान्य महापर्व, श्रीमदभागवद ज्ञान महायज्ञ, योग शिविर, तुलादान, चौरासी पूजा, ग्रह शान्ति, व्रतबन्ध, शैक्षिक प्रदर्शनी जस्ता कार्य सम्पन्न भएका छन् । यो धार्मिक महोत्सवमा १ सय ८ राष्ट्र शान्ति महायज्ञ संकल्पकर्ता अन्तराष्ट्रिय कथावाचक श्री गोविन्दशरण महाराज तथा दिदी मिरादेवीको कथावाचन र राष्ट्रिय कलाकारहरूको समेत विविध प्रस्तुति रहेको थियो ।