शनिबार, बैशाख ८, २०८१

चारआलीमा जंगली हात्तीको उपद्रो, सर्वसाधरण आतङ्कित

काठमाडौं पौष २४ ,जंगली हात्तीको उपद्रोका कारण झापा दुहागढी–४ चारआलीका सर्वसाधरण आतङ्कित बनेका छन् । दिनहुँ गाउँ पसेर उपद्रो गर्दै आएपछि स्थानीय आतङ्कित हुदै आएका हुन् । शनिबार बेलुका चारआली जंगलबाट पसेको एउटा दारे हात्तीले ३ वटा घर भत्काउदा करिव तीन लाखबढीको क्षति पु-याएको छ 15970006_1680678092223535_97767643_n1 15942090_1680678085556869_1242337394_n 15970232_1680678042223540_1821835483_n। जंगली हात्तीले स्थानीय रुपनारायण गौतमको १० मन धान र ढिकुटी भत्काउनुका साथै सुपारी भाचेर करिव १ लाख बराबरको क्षति पुगेको छ । गौतमको ढिकुटीभित्र राखिएको भक्कारी भत्काएर आधा धान खानुका साथै आधा धान छरेर क्षति गरेको हो ।

त्यसैगरी गौतमका छिमेकी जुना भण्डारीको घरभित्रको एउटा कोठामा राखेको ८ मन धान क्षति गर्नुका साथै सेन्टरबेरा नै भत्काउदा करिव ८० हजार मूल्यको क्षति गरेको पीडित भण्डारीको भनाई छ । त्यस्तै सोही वडाको अर्का ऋषि खतिवडाले खान राखेको ६ मन चामल र बाँसको टाँटीको बेरा भत्काएर ५० हजारबढीको क्षति गरेको जना स्थानीय समाजसेवी लक्ष्मण कार्कीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।