शनिबार, बैशाख ८, २०८१

ट्याङ्कर चालकलाइ गोली प्रहार गरी रकम लुटियो

वीरगन्ज पौष १२ भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना५ख ८८४५ नं का ट्याङ्कर चालकलाई भारतको रक्सौलमा अज्ञात दुई जनाले गोली captureप्रहार गरी भारु चार हजार पाँच सय लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अज्ञात समूहले सुरुमा ट्यांकर चालक तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा हान्दा प्रतिकार गरेपछि चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी रकम लुटि भागेको जनाएको छ ।    पर्सा प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार चालक उपाध्यायको अवस्था सामान्य रहेको जनाएको छ ।