बुधबार, बैशाख २६, २०८१

सरकारले जनताको जनजीविकालाइ सम्बोधन गर्न नसकेको सभापति देउवाको आरोप

प्रतिकुल मौषमका कारण रोकिए सभापति देउवा

नेपालगन्ज आषाढ १, नेपाली काँग्रेस जुम्लाका सभापति सभापति मानव सेजुवालको शालिक अनावरण नेपालगन्ज राँझा विमान स्थल हुँदै त्यसतर्फ जाने भनिएकोमा मौसमको प्रतिकुलताका कारण नेपालगन्जमा बस्नुपरेपछी उहाँको पूर्व निर्धारीत कार्यक्रममा फेरबदल भएका छन ।
बुद्द एयरको विमानबाट नेपालगन्ज राँझा विमानस्थल अवतरण गरेका सभापति देउवा मौषमको प्रतिकुलताका कारण हवाई उडान हुन 13445850_10207585631571201_1252692391_oनसकेपछी नेपालगन्ज मै बस्नुभएको हो ।  यसअघि आज बिहान नेपालगन्ज विमानस्थलमा उ��्रे लगत्तै नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोईराला सहित नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । साथै त्यस क्रममा सभापति देउवाले विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले भूकप्प प्रभावितको पुनःस्थापना, मधेस आन्दोलन र जनताको जनजीविकालाइ वर्तमान गठबन्धन सरकारले सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको थियो ।

सभापति देउवाले नेपालगन्ज र जुम्लाको मौषममा आएको वदलाव र वर्षातका कारण नेपालगन्ज स्थित होटेल सिद्दार्थ भ्यूमा केहीवेर विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्दै होटेल स्नेहामा बस्नुभएको छ । उहाँको जुम्ला जाने कार्यक्रम र नेपालगन्ज बसाँइबारे थप केही निर्णय नभइसकेको बुझिएको छ ।  आषाढ  २ गते जुम्लाबाट नेपालगन्ज आएपछि बाँके जिल्ला कमीटीले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले कार्यकताहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापति देउबाले प्रजातन्त्रवादी उद्योगी व्यापारी र ड्मोक्रेटीक लयर्स एशोशियसनका पदाधिकारहिरुसँग पनि भेट्न् कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी सभापति देउवाको ३ गते विहान पत्रकारहरुसँग भेट्ने कार्यक्रम तय भएको छ । सोही दिन सभापति देउवा राजधानी फर्कने बताइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031