बिहिबार, बैशाख ६, २०८१

काँग्रेसले जनतालाई भ्रम बाँडेर राजनीति गर्दैन: सभापति देउवा

संविधानको कार्यान्वयन काँग्रेस नेतृत्वकै सरकारले गर्ने सभापति देउवा जिकिर

काठमाडौं आषाढ २, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जुम्ला काँग्रेसद्दारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिकै निर्माण गरिएको काँग्रेस जुम्लाका तत्कालीन सभापति स्व मानव सेजुवालको सालिक अनावरण कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेसको नेतृत्वको सरकारद्दारा जारी संविधानको कार्यान्वयन पनि काँग्रेस नेतृत्वकै सरकारले गर्ने समउ आएको बताउँनु भएको छ ।  त्यस्तै सभापति देउवाले 13479627_10207592948634123_1187448478_nप्रकृतिको अनुपम उपहार भएरै पनि विकास र संरक्षण गर्न नसक्दा कर्णाली पछि परेको भन्दै विकासकै लागि कर्णाली विकास आयोगको गठन गरिएको बताउँनुभएको छ ।

त्यस्तै सालिक अनावरण कार्यक्रममा काँग्रेस नेता धनराज गुरुङले कर्णाली राजमार्ग स्तरवृद्धि र सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगु गमगढी–नाक्चेनाङ्लासम्मको दुई लेनको सडक निर्माणका लागि पहल जरुरस् रहेको बताउँनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा केन्द्रीय सदस्य हृदयराम थानी काँग्रेस नेता बद्री पाण्डे साासद ललितजङ्ग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, जुम्ला जिल्लाका तत्कालीन पार्टी सभापति स्व मानव सेजुवालकी धर्मपत्नी कान्तिका सेजुवाल, मुगु, कालिकोट, सुर्खेत र जुम्ला जिल्लाका पार्टी सभापतिको उपस्थिति रहेको थियो ।

यसैवीच बाँके काग्रेसद्दारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली काँग्रेस जनतालाई भ्रम बाँडेर राजनीति गर्दैन, लोकतन्त्रको मूल्य, मान्यता र मर्यादा नै काँग्रेसको मूलमन्त्र भएको बताउनु भएको थियो । त्यस अवसरमा सभापति देउवाको भव्य स्वागत गरिएको थियो ।