शुक्रबार, चैत्र १६, २०८०

शोभितको स्मृतिमा बृक्षरोपण

बिर्तामोड अषाढ १ , वीरता जेसीजका सदस्य शोभित शर्माको १३औं दिनको पुण्यतिथिमा वीरता जेसीजले आज बुधवार श्रद्धाञ्जलि सभासहित बृक्षरोपण सम्पन्न गरेको छ । बुट्टाबारी पूर्व शनिअर्जुनस्थित प्रगति सामुदायिक वन क्षेत्रमा रहेको जेसीज वनमा बृक्षरोपण गरिएको हो । सो अवसरमा जेसीजका सदस्य शोभितको सम्झनामा पर्यावरणमा टेवा पु-याउने उद्देश्यले विभिन्न जातका तीन सय ५० वटा विरुवा रोपिएको वीरता जेसीजका कोषाध्यक्ष एकराज गिरीले जानकारी दिए । उक्त विरुवा इलाका वन कार्यालय सुरुङ्गाले उपलब्ध गराएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला वन कार्यालयका रेञ्जर राजन राईले गरेका थिए । वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति सामुदायिक वनका उपाध्यक्ष तेजबहादुर सुवेदी, रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका अध्यक्ष उमेश डालमिया, प्रमुख अतिथि राईले मन्तव्य व्यक्त गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष मिजास पोखरेलले आस्था वाचन गरेको कार्यक्रममा स्वागत संयोजक किशोर बस्नेत र सञ्चालनमा महासचिव प्रकाश सुवेदी ९लभ० ले गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ, विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रविन्द्र वस्ती, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्री, झापा ट्राफिक प्रहरी प्रमुख ढुण्डीराज गिरी, बाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की, रोटरी क्लब मिडटाउन बिर्तामोडका संस्थापक सन्तोष अग्रवाल, फिटनेश बल्र्डका अध्यक्ष हरि धिमाल, नेप्लिज टिन्सका संस्थापक मनिष बस्नेत लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रम सम्पन्न गर्नका लागि रोटरी क्लब अफ मिड टाउन बिर्तामोड, फिटनेश बल्र्ड एल्थ क्लब, रेडक्रस बिर्तामोड, वीरता लेडी जेसीज, झापा उद्योग बाणिज्य संघ बिर्तामोड, नेप्लिज टिन्स बिर्तामोड, झापा बडिविल्डिङ एण्ड फिटनेश एशोसिएसन र युनाइटेड रिभर साइण्ड एण्ड युथ ग्रुप बिर्तामोडले सहयोग पु(याएका थिए । जेसीजका सदस्य शोभितको ४३ बर्षको उमेरमा सामान्य ज्वरोका कारण अकल्पनीय रुपमा निधन भएको थियो ।