बुधबार, बैशाख २६, २०८१

असई हत्याका तिनै अभियुक्त जेल चलान, २५ जनाको विरुद्धमा पक्राउ पुर्जी जारी

आदेशको चर्को विरोध गर्दै दुर्गाचोकमा नारावाजीसहित पुतला दहन

  • मनोज झा मुक्ति/महोत्तरी, चैत्र ३,

मधेस आन्दोलनका क्रममा गत भाद्र २५ गते मारिएका शसस्त्र प्रहरी बलका असई थमन वि.क.को हत्या अभियोगमा पक्राउ परेका संजय कुमार साह,प्रदिप साह माझी र मोहन ठाकुर तिनै जनालाई जेल चलान गर्दै जिल्ला अदालतले फरार भनिएका २५ जनाको विरुद्धमा पक्राउ IMG_8933[1] 20160315_172917[1]पुर्जी जारी गरेको छ ।
वहसपछि न्यायाधिश किरण कुमार पोखरेलको एकल ईजलासले आगजनी मुद्दामा जनही ४ हजार धरौटी तथा कर्तव्य ज्यान मुद्दामा कारागारमै राखि मुद्दा चलाउन आदेश जारी गरेका हुन । फरारको सूचिमा आन्दोलनरत मधेसी मोर्चाका केन्द्रीय,जिल्ला र गाँउ स्तरका नेता कार्यकर्ता रहेका छन् ।
अदालतको आदेश आउनासाथ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र स्थानियले आदेशको चर्को विरोध गर्दै नारा लगाएका थिए । न्यायाधिश र अदालत सरकारवाट संचालित भई एकपक्षियरुपमा आदेश जारी गरेको भन्दै उनीहरुले नारा लगाउदै दुर्गाचोकमा जिल्ला अदालत,प्रधानमन्त्री,गृहमन्त्री र न्यायाधिशको पुतला दहन गरेका थिए । अदालत परिसरमा बिहानै देखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829