मङ्लबार, बैशाख १८, २०८१

तीन दलीय मोर्चाको कार्यदलबीच दोस्रो चरणको वार्ता संगै कार्यदलको विश्वसनीयता र वैधानिकतालाइ लिएर अनेकन चर्चा सुरु

काठमाडौ पौष २३, मधेस आन्दोलनलाइ जारी राख्दै यत्रतत्र सर्वत्र अभावको अवस्था सिर्जना गर्दै आइरहेका मधेसी मोर्चाका मागबारे kareadall  govmorcha karyedallछलफल गर्न गठन गरिएको प्रमुख ३ दलीय कार्यदल र मोर्चाको कार्यदलबीच आजबाट दोस्रो चरणको वार्ता सुरु भएको छ । बुधवार कार्यदलवीच प्रारम्भिक चरणको वार्ता भएको थियो ।

आजको वार्ताको क्रममा दुवै कार्यदलमा रहेका सदस्यले आजको बैठकमा भएका प्रगति र उपलब्धिबारे आफ्ना पार्टीका शीर्ष नेतृत्वलाई जानकारी दिदै आजै अर्को चरणको वार्तामा बस्दै थप छलफल गर्ने सहमति भएको बैठक पछि पत्रकारशरुलाए जानकारी दिनु भएको छ । यद्यपी बैठक सकारात्मक रुपमा निष्कर्ष उन्मुख भनिएपनि कार्यदलको विश्वसनीयता र वैधानिकतालाइ लिएर अनेकन चर्चा सुरु भएको छ ।