मङ्लबार, बैशाख ४, २०८१

प्रमुख तीन दल र मोर्चाका कार्यदलबीच पहिलो चरणको वार्ता

काठमाडौ पौष २२ .मधेसमा आन्दोलनरत संयुक्त मधेसी मोर्चाका मागका बारेमा छलफल गर्न गठित प्रमुख तीन दल र मोर्चाको kareadall govmorcha karyedallकार्यदलबीच आज पहिलो चरणको औपचारिक वार्ता वार्ता भएको छ । सिंहदरबारमा आज साँझ भएको सो वार्तामा दुवै कार्यदलका बीचमा खुलारुपमा छलफल भएको जानकारी दिदै उपप्रम तथा रक्षामन्त्री भीम रावलले वार्ताको आफैमा सकारात्मक रहेको जनाउ दिनु भएको छ । त्यस्तैगरि मोर्चाका तर्फबाट कार्यदलका सदस्य रहनुभएका तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले आजको बैठकमा मोर्चाका तर्फबाट ११ बुँदे मागका सवालमा विषय प्रवेस गरेको जानकारी दिनु भएको छ ।

प्रमुख तीन दलका तर्फबाट नेकपा एमालका उपाध्यक्षसमेत रहनुभएका उपप्रम भिम रावल, एमाओवादीको तर्फबाट कृष्णबहादुर महरा र नेपाली काँग्रेसका नेता महेश आचार्य रहनुभएको छ भने मोर्चाको तर्फबाट कार्यदलमा तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, सङ्घीय समाजवादीको तर्फबाट राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय रहनुभएको छ ।