मङ्लबार, बैशाख १८, २०८१

निर्णायक भनिएको मोर्चासंगको वार्ता निष्कर्षविहिन

उच्चतहको निर्णायक वार्ता कहाँ र कहिले हुँने सो वारे प्रतिपक्षीदल काँग्रेसलाइ कुनै जानकारी छैन :प्रवक्ता बडू

काठमाडौ मार्ग २, मुलुकको पशासनिक केन्द्र सिंहदरबारस्थित राज्य व्यवस्था समितिको कार्यालयमा गठबन्धन सरकार नेताहरु सम्मिलित उच्चस्तरीय images (25)समयन्त्रको तर्फबाट संयोजक एमाओवादी अध्यक्ष प्रचण्ड सहितको टोली र मधेसी मोर्चाबीच आज भएको निर्णायक वार्ता विनानिष्कर्ष टुङगीएको छ । बैठकमा गठबन्धन सरकारको तर्फबाट मोर्चाले उठाउँदै आएको निर्वाचन क्षेत्र निर्धारण प्रादेशिक सिमाङकन लगायतका सवालमा समितिमार्फत टुङ्ग्याउने प्रस्ताव मोर्चाले आजको वार्तामा पनि सरकारले ठोस प्रस्ताव ल्याउँनुको अलावा समिति मार्फत सीमाङ्कनसम्बन्धी समस्या निरुपण गर्ने प्रस्ताव गरेपछि उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

त्यस्तै आजको वार्तामा व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसको पनि उपस्थिती रहने भनिए पनि काँग्रेसका नेताहरु भने उपस्थित भने थिएन । तर आजै काँग्रेस पदाधिकारीहरुको सम्पन्न बैठक पछि पार्टी प्रवक्ता दीलेन्द्र बडूले मधेसवादी दलसंग आज हुँने भनिएको उच्चतहको निर्णायक वार्ता कहाँ र कहिले हुँने सो वारे पार्टीलाइ कुनै खवर नभएको जानकारी दिदै प्रमुख पत्रकाररुसंग गठबन्धन सरकार सम्मिलित सयन्त्रका संयोजक समेतले मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरेको भन्दै यस्तो अभिव्यक्ति दिनु भएको थियो ।

आजको निर्णायक हुँने भनिएको वार्तामा गठबन्धन सरकारको तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नि खरेल, रापप्राका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाको उपस्थिती रहेको थियो भने मोर्चाको तर्फबाट सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका महासचिव मनिष सुमनलगायतका नेताहरुको सहभागी रहेको थियो ।