बिहिबार, बैशाख १३, २०८१

निर्णायक वार्ताबारे प्रमुख प्रतिपक्षीदल काँग्रेसनै वेखवर

काठमाडौ मार्ग २, नेका संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको पदाधिकारी बैठकपछि प्रदेश र सीमाङ्कनको सवालमा असहमति व्यक्त गर्दै downloadविगत लामो समय यता देखि आन्दोलन जारी राख्दै आइरहेको मधेसवादी दलसंग आज हुँने भनिएको उच्चतहको निर्णायक वार्ता कहाँ र कहिले हुँने सो वारे प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई कुनै जानकारी नभएको काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले बताउँनु भएको छ ।

 प्रवक्ता वडूले बैठक पछि पत्रकाररुसंग गठबन्धन सरकार सम्मिलित सयन्त्रका संयोजक समेतले मधेसीवादी दलसँग निर्णायक वार्ता आज गर्ने भनी भ्रम र मिडियाबाजी मात्र गरेको भन्दै यस्तो अभिव्यक्ति  दिनु भएको हो ।  साथै प्रवक्ता वडूबाट यस्तो अभिव्यक्ति आउँनु पूर्व सरकारमा सहभागी दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत पक्षसँग मुख्यतः सीमाङ्कनका विषयमा आज निर्णायक वार्ता हुने सार्वजानिक गरिएको थियो । काँग्रेस पदाधिकारी बैठकमा कावा सभापति रामचन्द्र पौडेल,वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, प्रवक्ता बडूलगायतको सहभागिता थियो ।