बिहिबार, बैशाख १३, २०८१

राप्रपाका नेतात्रयवीच भद्र सहमति, एक-एकवर्ष पार्टी अध्यक्षमा नेतृत्व गर्ने

काठमाडौं मार्ग ३,  राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो वैधानिकता र नेतृत्वसम्बन्धी सिर्जित विवादले समाधानको छेस्को पहिल्याएको छ। उक्त पार्टीका तीन शीर्ष 3 rapra paनेताहरू लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीवीच भएको संवाद सहितको बैठकपछि चक्रिय प्रणाली अनुसार एक-एक वर्ष पालैपालो पार्टीको नेतृत्व गर्ने सहमति बनेपछि नेतृत्व र बैधानिकता सम्बन्धी विवादले समाधानको छेस्को पहिल्याएको हो ।

यो सहमति संगै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लोकन्द्र बहादुर पक्षले यसअघि वैधानिक अध्यक्ष भएको दाबी गर्दै निर्वाचन आयोगमा दर्ता गराएको निवदेन फिर्ता लिने तयारी भएको बुझिएको छ। यसैवीच पार्टी प्रवक्ता ठाकुर शर्माका अनुसार उक्त निवेदन फिर्ता भएसंगै आज ११ बजे संयुक्त पत्रकार सम्मेलन गरी नेताहरुवीचपार्टी नेतृत्वको सवालमा भएको भद्र सहमतिको सार्वजनिकरण गर्ने तयारी रहेको बजानकारी गराएका छन ।  नेताहरुवीच भएको भनिएको भद्रसहमति अनुरुप पार्टीको अध्यक्षको नेतृत्व पहिलो एकवर्ष चन्दले त्यसपछि राणा र राणापछि लोहनीले गर्ने सहमति भएको बताईएको छ ।