काठमाडौ आश्विन २४, व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री चयनका लागि हुँने निर्वाचनमा प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ । यसअघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मुलुकमा जारी संविधान प्रति विमति जनाउँदै आन्दोलनमा होम्दै आइरहेका थिए ।
यद्यपी बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न काँग्रेस सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको जनाएको छ । मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् ।