बिहिबार, बैशाख १३, २०८१

निर्वाचनमा भएको आफ्नो हार प्रजातान्त्रिक अभ्यास : काँग्रेस सभापति कोइराला

काँग्रेस सभापति कोइराला द्दारा नवनिर्वाचित प्रम ओलीलाई शुभकामना

काठमाडौ आश्विन २४,  व्यवस्थापिका संसद्मा आज भएको प्रधानमन्त्रीको निर्वाचनमा भएको आफ्नो हारलाई प्रजातान्त्रिक अभ्यास भएको बताउँदै नेपाली Koirala-Oliकाँग्रेसका सभापति सुशील कोइरालाले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो तर्फबाट पूर्ण सहयोग हुने बताउँदै शुभकामना दिनु भएको छ ।
त्यस्तै उहाँले प्रजातान्त्रिक प्रणालीअनुसार निर्वाचनमा भाग लिएकोमा आफूलाई गर्व महसुस भएको बताउँदै उहाँले यसअघि दलबीच भएको भद्र सहमति र १६ बुँदे सहमतिको कुनै उल्लङ्घन नभएको स्पष्ट पार्दै राजनीतिमा सबैले इमान्दार हुनुपर्ने जिकिर गर्दै काँग्रेस संसदीय दलका नेतासमेत रहनुभएका कोइरालाले त्यसबारेमा पार्टीमा छलफल हुने जानकारी दिँदै मधेसमा भइरहेको आन्दोलनको समाधान गर्नुपर्ने विशेष जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।