शुक्रबार, बैशाख ७, २०८१

आठ बुँदे सहमति पछि मजफो लोकतान्त्रिकको समर्थन ओलीलाइ

काठमाडौ आश्विन २४, नेकपा (एमाले), एमाओवादी र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बीच आठबुँदे सहमति भएको छ । प्रस्तुत सहमति संग अव बन्ने नयाँ सरकारमा मजफो लोकतान्त्रिकको समेत सहभागी सुनिश्चित भएको छ ।  आज भएको सहमतिमा समावेशी सिद्धान्तबमोजिम राजनीतिक तथा oli kp bijayaसार्वजनिक सेवामा सबै जनसमुदायको सहभागितामा कुनै अस्पष्टता नरहने गरी नेपालको संविधानमा संशोधन गर्न आवश्यक व्यवस्था गर्ने दृखि लिएर निर्वाचन क्षेत्र निर्धारणका सम्बन्धमा हाल कायम रहेका जिल्लाका भौगोलिक क्षेत्रमा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने व्यवस्था गर्ने दफाहरु उल्लेख रहेका छन ।
त्यस्तै, तीन दलीय सहमतिमा हाल तराईलगायतका विभिन्न क्षेत्रमा आन्दोलनका क्रममा घाइते हुनेको उपचारको व्यवस्था गर्नुको साथै राहत उपलब्ध नभएका मृतकका परिवारलाई राहत उपलब्ध गराउने, आन्दोलनका क्रममा बन्दी बनाइएका व्यक्तिलाई रिहा गर्ने र यस क्रममा लगाइएका झुट्टा मुद्दा खारेज गर्ने र आन्दोलनका क्रममा क्षति पुगेका घर व्यवसायको अध्ययन गरी उचित क्षतिपूर्ति दिने बुँदा समावेश गरिएको छ ।  आज भएको सहमति पत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले हस्ताक्षर गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930