मङ्लबार, बैशाख १८, २०८१

जिप्रका रुपन्देहीद्दारा जिल्लामा जारी निषेधाज्ञाको क्षेत्र विस्तार

 काठमाडौं भाद्र १६,  जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सदरमुकाम भैरहवामा लगाउँदै आएको निषेधाज्ञाको क्षेत्र विस्तार गरेको छ । विस्तारित निषेधाज्ञाको पूर्वमा वसन्तपुर गाविसस्थित डन्डा पुलबाट बढाएर वसन्तपुर बाइपास रोडसम्म कायम गएिको छ भने पश्चिममा गौतम बुद्ध विमानस्थलसम्म लगाइँदै download (3)आएकामा आजदेखि घाघराखोला पुलसम्म र उत्तरमा पडसरीस्थित रिलायन्स पेट्रोल पम्पसम्मको सीमा कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला सुरक्षा समितिकाको मगलवार बसेको बैठकले जिल्लामा कुनै पनि किसिमको तनावको स्थिती सिर्जना नहोस भन्दै आगामी शुक्रवारसम्म जारी रहने गरि विस्तारित निषेधाज्ञाको पूर्वमा वसन्तपुर गाविसस्थित डन्डा पुलबाट बढाएर वसन्तपुर बाइपास रोडसम्म कायम गएिको छ भने पश्चिममा गौतम बुद्ध विमानस्थलसम्म लगाइँदै आएकामा आजदेखि घाघराखोला पुलसम्म र उत्तरमा पडसरीस्थित रिलायन्स पेट्रोल पम्पसम्मको सीमा र यस्तै दक्षिणमा नेपाल–भारत सीमा नाका बेलहियासम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालयलाईउदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।