मङ्लबार, बैशाख ११, २०८१

उच्चस्तरीय छानविन समितिले टीकापुर घटनाको छानविन थाल्यो

काठमाडौं  भाद्र १७, कैलालीको टीकापुरमा यही गत भाद्र ७ गते भएको वरिष्ठ प्रहरी उपरीक्षकसहित आठ प्रहरी र एक नाबालकको मृत्युको कारक बनेको Untitled-1हिंसात्मक घटनाको छानविनका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिले बुधवारवाट कैलाली पुगेर छानविनको काम सुरु गरेको छ ।

सरकारले घटनाको छानविनका लागि राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव विनोद केसी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक गणेश अधिकारी, नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक प्रतापबहादुर थापा र शसस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक जीवन थापा सदस्य रहनेगरि पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको थियो ।  उच्चस्तरीय छानविन समितिका टोलीले बिहीबार घटना भएको स्थान टीकापुर जाने पुगेर स्थलगत अनुसन्धान गर्ने तयारी गरेको बताइएको छ ।