बुधबार, बैशाख २६, २०८१

आजदेखि अनिश्चितकालीन बर्दिया बन्द, २७ गते जनपरिचालन गर्ने

बर्दिया श्रावण २६,  कञ्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग गर्दै थारू कल्याणकारिणी सभा सङ्घर्ष समिति, बर्दियाले आजदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको छ । बन्दका कारण बर्दियाको सदरमुकाम sdfगुलरियालगायत व्यापारिक केन्द्रहरू राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढी पूर्णरूपमा बन्द रहेका छन् । यातायात र बजारसँगै शिक्षण संस्था र कलकारखानासमेत ठप्प रहेका छन् ।

सङ्घर्ष समिति अन्र्तगतका थारू कल्याणकारिणी सभा सङ्घर्ष समितिलगायत ७ वटा राजनीतिक दल तथा सङ्गठनहरूद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मुलुकका शासकहरूद्वारा जनताले दिएको मतादेशको विरुद्धमा गरिएको प्रदेश निर्माण गर्ने सहमतिप्रति थारू समुदायको गम्भीर ध्यानाकर्षण उल्लेख गर्दै थरुहट भूमिलाई छुट्याएर अन्यत्र गाभिए आफूहरूलाई मान्य नभएको र सोको विरोधमा आज देखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको उल्लेख गरिएको छ ।

स्तै विज्ञप्तिमा २७ गते बर्दिया जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा जनपरिचालन तथा कोणसभा र २८ गते सदरमुकाम गुलरियामा जनसभाको आयोजना गरिने पत्रकार भेटघाटमार्फत जानकारी गराएको प्राप्त वित्रप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु