बिहिबार, चैत्र १५, २०८०

मुलुकले भाद्रको दोस्रो सातासम्ममा नयाँ संविधान पाउँछ : नेता नेपाल

विराटनगर श्रावण २८ , नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विराटनगरस्थित एमाले पार्टी कार्यालयमा आज कार्यकर्तालाई सम्बोधन गर्दै भाद्रको दोस्रो सातासम्ममा मुलुकले संविधान पाउने आशा र विश्वास व्यक्त गर्नुभएको छ ।
imagesत्यस्तै सम्बोधनको क्रममा पूर्व प्रम समेत रहेका नेता नेपालले सङ्घीय राज्यको सीमाङ्कनको विषयमा आन्दोलनभन्दा पनि संवादको जरुरी रहेको अभिव्यक्ति दिदै प्रदेशका सिमाङको क्रममा असहमति जनाउँदै आन्दोलनमा उत्रेका आन्दोलनकारी समूहलाई वार्ता र संवादमा आउन आग्रह गर्नु भएको प्राप्त समाचारमो उल्लेख गरिएको छ ।
साथै त्यस अवसरमा संविधान जारी भए लगत्तै स्थानीय निकायको निर्वाचनसमेत हुने भएकाले कार्यकर्तालाई सङ्गठित भई कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको समाचारमा उल्लेख गरिएको छ ।