मङ्लबार, बैशाख १८, २०८१

चारदलको शिर्ष नेतृत्वको बैठक: आज साँझसम्म मस्यौदामाथि प्राप्त सुझावको सूचीकृत गर्ने सहमति

काठमाडौ श्रावण १०, प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख चार दलका शीर्ष नेताको बैठकले संविधानको प्रारम्भिक मस्यौदामाथि प्राप्त रायसुझावलाई छलफल गरी आज साँझसम्म टुङ्ग्याउन प्रमुख चार दल सहमत भएका छन् । त्यस्तै शीर्ष नेताको बैठकले बैठकले प्राप्त सुझावको आवश्यकता र औचित्यको महत्व निर्धारण गर्दै सूचीकृत सहित पेश गर्न समेत आ–आफना दलका प्रमुख सचेतकलाई जिम्मेवारी समेत दिएको छ ।

बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले जनताबाट आएका सुझावलाई केलाएर कसरी सम्बोधन गर्ने भन्नेबारे दलबीच कुराकानी भएको जानकारी दिदै जनताको सुझाव हेर्ने हो भने समावेशी शासन चाहेको देखिएको र त्यसकारण शासकीय स्वरूप समावेशी हुनुपर्छ भन्ने हाम्रो भनाइ भएको बताउँनु भएको छ ।

  त्यस्तै नेकपा एमाले उपाध्यक्ष भीम रावलले शनिबार भएको चार दलको बैठकको निर्णयबमोजिम आजको बैठकमा जनताबाट प्राप्त रायसुझावलाई कसरी ग्रहण गर्ने तौर तरिकाका सवालमा छलफल भएको जानकारी दिदै देशव्यापी रूपमा आएका सुझावलाई आज दिउँसो केलाएर सूची तयार गरी साँझ बस्ने चार दलको बैठकबाट विषयगत, संविधानका विभिन्न भागमा आएका सुझावलाई टुङ्ग्याउने र ती सुझावअनुरूप साउनभित्र संविधान जारी गर्ने नितिगत सहमति भएको बताउँनु भएको छ ।
त्यस्तै नेता रावलका अनुसार आजै साँझ छ बजे बस्ने चार दलको बैठकमा अहिलेसम्म प्राप्त सुझावलाई बुँदागत रूपमा अगाडि राखेर छलफल गर्ने निर्णय भएको जानकारी दिनु भएको छ ।