शुक्रबार, चैत्र १६, २०८०

काँग्रेस द्दारा धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विपक्षमा अभिमत प्रस्तुत

काठमाडौ श्रावण ११, प्रधानमन्त्रीनिवास बालुवाटारमा आईतवार बसेको चारदलको शिर्ष नेताको बैठकमा सत्तासाझेदारदल एमाले र एमाओवादीले जनताको सुझाबअनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जानुपर्ने प्रस्ताव गर्दै गर्दा कांग्रेस नेताहरूले शासकीय स्वरूपमा मस्यौदामा जे छ त्यसलाई नचलाउने नहुँने भन्दै मस्यौदामा अभिव्यक्त भावनामानै आफ्नो अभिमत प्रस्तुत गरेका छन ।

nepali-congress-600x330त्यस्तै बैठकमा काँग्रेसले संविधानमा धर्मनिरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता राख्नुपर्ने प्रस्ताव अगाडि सार्दै कार्यकारी प्रमुखको हकमा भने समावेशी हुनुपर्छ भन्ने धारणा राखेको बैटकपछि काँग्रेस उपसभापति रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको  हो।

तर एमाले र एमाओवादी नेताहरूले जनताको सुझाब भने प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आएकाले परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै एमाओवादी नेताहरूले भने धर्मनिरपेक्षताबाट पछि हट्न नहुने बताउँदै धर्मनिरपेक्षतामा धार्मिक स्वतन्त्रता भएको जिकिर सहित प्रस्तु भएको उक्त बैठकमा मस्यौदामाथि जनताले दिएको संघीयतामा सीमांकन, नागरिकता, लगायतका विषयमा भने छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ ।  यसैवीच आज बिहान एमाले र एमाओवादीबीच छलफल हुँने र अपरान्ह बस्ने चार दलको शीर्ष बैठक बस्ने भएको छ । समाचार स्रोतका अनुसार उक्त बैठकमा चारदलका सचेतकहरुले सूचिकृत गरेको सुझाबका मुख्य–मुख्य विषय छलफल हुने बुझिएको छ ।