मङ्लबार, बैशाख १८, २०८१

सिन्धुपाल्चोकमा बृहत निशुल्क स्वास्थ्य शिविर

अर्जुन खनाल, भोटेचौर, सिन्धुपाल्चोक , गत बैशाख १२ गतेको विनाशकारी महाभुकम्प र त्यसपछि आईरहेका पराकम्पनले सर्वाधिक क्षति बेहोरको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस वडा नं ८ रहेको श्री जाल्पा देवी उच्च माविमा निशुल्क स्वास्थ्य शिविर एवम मनोरञ्जनात्मक कार्यक्रम आयोजना  गरिएको छ । डा. रविन्द्र 11401099_797209460377875_6352955071523264604_nपाण्डे (रविन्द्र समिर ) ले आफनो व्यक्तिगत प्रयास र बन्दोवस्तिमा भुकम्प प्रभावित विभिन्न जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गरी औषधी समेत वितरण गर्नु भएको हो ।

त्यस क्रममा डा. रविन्द्र पाण्डे (रविन्द्र समिर ) ले उक्त गाविस र अन्य क्षेत्रका गरी करिब ४ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको र पिडितहरुलाई रोग अनुसारका फुल कोर्स, गर्भवती, बालबालिका तथा जेष्ठ नागरिकलाई अतिरिक्त सेवाको रुपमा भिटामिन, क्याल्सियम, प्रोटिन लगायतका सप्लिमेन्ट वितरण गर्नुभएको प्राप्त समाचारमाउल्लेख गरिएको छ।

त्यस्तै निशुल्क स्वास्थ्य शिविर पछि आयोजित मनोरञ्जनात्मक कार्यक्रममा वरिष्ठ हास्यकलाकारमनोज गजुरेलले हास्यव्यंग्यात्मक प्रस्तुती र भुकम्पिय सुरक्षा र सामाजिक सम्बन्धका बारेमा विभिन्न उदाहरणहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । पिडितहरुसंग विपदको यो घडिमा साक्षात्कार गरी शारिरिक र मानसिक समस्याहरुको निदानका लागि आयोजित स्वास्थ्य शिविरमार्फत आत्मस्पर्श गर्न पाउँदा आफुलाई सन्तुष्टि प्राप्त भएको डा। समिरले बताउनुभयो ।