काठमाडौ ज्येष्ठ ४, गत बैशाख १२ को महाभूकम्पबाट पीडितको राहत एवम् पुनःनिर्माणका लागि सहयोग गर्न नेपाली काँग्रेसद्वारा गठित समितिले आफ्ना सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आईतवार सम्पन्न समितिको संयुक्त बैठकले कम्तिमा सात दिन श्रमदान गरी पीडितको सहयोगमा लाग्न यस्तो आग्रह गरेको हो ।
साथै बैठकले विनाशकारी भूकम्पको यस महाविपत्तिमा घर भत्किएर बिचल्लीमा परेका जनतालाई सहयोग गर्न भातृ तथा शुभेच्छुक संस्थालाई पनि आग्रह गरेको छ भने अझै राहत सामग्री नपुगेको ठहर गदै यथाशीघ्र पाल, कम्बल, म्याटे«स, झुल, खाद्यान्नलगायत सामाग्री पु¥याउने प्रबन्ध गर्न सरकारलाई आग्रहसमेत गरेको छ ।