शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको सयुक्त बैठक जारी , बैठकमा प्रधानमन्त्री र मन्त्रीहरुको तिव्र आलोचना

काठमाडौं बैशाख २९,   विनासकारी महा सिर्जित परिस्थतीको सवालमा छलफल गर्न सोमवार बसेको काँग्रेस संसदीय दल र केन्द्रीय सदस्यहरुको सयुक्त बैठकमा nc jhandaसभासदहरुले प्रधानमन्त्री र मन्त्रीहरुको आलोचना सहित सरकारले भूमिका नदिएको, मन्त्रीहरुको काम प्रभावकारी नभएको, पार्टीले पनि योजना नल्याएको भन्दै तिव्र गुनासो गरेका छन् ।  त्यस्तै बैठकमा बोल्ने अधिकांश सांसद्हरूले भूकम्प प्रभावित आफ्नो जिल्लाका वस्तुस्थितिका बारेमा जानकारी गराउँदै उद्धार तथा राहत कार्यमा जनप्रतिनिधिको भूमिकाका बारेमा स्पष्ट निर्देशन हुनुपर्ने माग गरेका छन् ।

सांसदहरूले उद्धार तथा राहत सामग्री वितरण कार्य प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भएकाले एकातिर भूमिकाविहीन भएको र अर्कोतिर भूकम्पपीडित जनतालाई केही गर्न नसक्दा जनताको आक्रोसको दोहोरो मारमा पर्नुपरेको गुनासो गरेका छन् । बैठकमा सांसदहरूले प्रभावित सबै क्षेत्रमा तत्काल प्रभावकारीरुपमा राहत सामग्री पु-याउन, अस्थायी बसोबासको व्यवस्था गर्न र वर्षायाम सुरु हुन लागेकाले बाढीपहिरोबाट हुने सम्भावित क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यद्यपी हिजोको बैठकमा बोल्ने सभासदहरुको क्रम जारीनै रहकाले आज पनि बस्दै गरेको सयुक्त बैठक बस्दै गरेको र बाँकी नेता तथा सभासदहरुले बोल्ने र त्यसका आधारमा पार्टीले सरकारलाई सुझाव दिने तयारी रहेको बुझिएको छ ।