काठमाडौ बैशाख २ , एमाओवादी नेतृत्वको ३० दलीयमोर्चाले गत महिना घोषणा गरेको तीन दिने हड्तालको क्रममा एक दिन हड्ताल जारी राख्दै बाँकी आम हड्तालका कार्यक्रम फिर्ता गरेपछि असहमति प्रकट गर्दै आइरहेका मोचाका घटक हरुमध्ये मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम मोर्चामा रहने वा नरहने भन्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अबको भूमिकाले निर्धारण गर्ने बताउनुभएको छ ।
रिपोटर्स क्लबद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रमम बोल्दै नेता यादवले ३० दलीय मोर्चाबाट बाहिरिदै अर्को मोर्चा गठन गर्दै यसअधि पनि बाहिरिने तयारी गरेको चर्चाले चर्चा पाउँदै गर्दा नेता यादवको पछिल्लो यो अभिव्यक्तिले मोर्चा नेतृत्वसङग फोरमको नयाँ वागेङिगको अर्को कडि भएको चर्चा चल्न थालेको छ । यद्यपी एमाओवादी अध्यक्ष प्रचण्डकोमूभिकामा भर पर्ने भन्दै अध्यक्ष यादवले नयाँ अभिव्यक्ति दिनु यसैको नयाँ अध्याय भएको स्रोतको दावी रहेको छ ।
त्यस्तै एकातर्फ सङ्घीयतालाई थाती राखेर संविधान जारी गर्नुको अलावा सट्टा आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुसलमान तथा सदियौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी सङ्घीय लोकतान्त्रिक संविधान जतिसक्दो चाँडो जारी गर्नुपर्नेमा जोड पनिदिने अनि वैशाख ६ गते बस्ने संविधानसभाको बैठकमा सहभागी हुने÷नहुनेबारे वैशाख ५ गते बस्ने मोर्चाको बैठकले निर्णय गर्ने जस्तो दोहरो चरित्र पनि देखाउँने गरेको पक्षलाई लक्षित गर्दै यस्तो विश्लेषण गरिएको मोर्चासम्वद्ध नेताहरुले बताएका छन ।