शनिबार, बैशाख १५, २०८१

सत्तारुढदलका शिर्ष नेतृत्व वीच भेटवार्ता

काठमाडौ चैत्र २९ सक्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का शिर्ष नेतृत्व वीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । NCUML_20150206113835भेटवार्तामा सहमतिको नाममा संविधान लेखनको प्रक्रिया दिनानुदिन प्रभावित बन्दै आएको र अब वार्ता र संविधान लेखनको प्रक्रियालाई सँगसँगै अगाडि लैजानुपर्नेमा शिर्ष नेतृत्व वीच छलफल भएको बुझिएको छ ।

आजको भेटवार्तामा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजाललगायत रहनुहुन्थ्यो भने नेकपा (एमाले) का तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेललगायत सहभागी रहनुभएको थियो ।

प्रधानमन्त्री कोइराला र संविधानसभाध्यक्ष नेम्वाङबीच पनि छलफल :  यसअघि  प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच सभाध्यक्षको कार्यालयमा आज छलफल गर्नु भएको छ । उहाँहरूबीच भएको छलफलमा सहमतिमा संविधान जारी गर्नका लागि राज्य पुनःसंरचनालगायत संविधानका अन्तरवस्तुमा सहमतिका लागि दलहरूबीच विभिन्न तहमा सकारात्मक ढङ्गबाट छलफल भइरहेको प्रधानमन्त्री कोइरालाले बताउँनु भएको थियो भने सभाध्यक्ष नेम्वाङले विषयलाई पु¥याउने गरी विषय केन्द्रित भएर छलफल गर्न र सहमतिका लागि भरमग्दुर प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको थियो ।

संविधानसभाध्यक्ष नेम्वाङ र एमाओवादी  अध्यक्ष दाहालबीच पनि छलफल :   त्यस्तै संविधानसभाध्यक्ष सुवास नेम्वाङ र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच पनि आज साँझ विशेष छलफल भएको थियो । उहाँहरूबीचको छलफलमा संविधान लेखनलाई अघि बढाउने विषयमा केन्द्रीत रहेको थियो