बुधबार, बैशाख २६, २०८१

सत्तारुढदलवीच संविधानसभाको बैठक बोलाउन सभाध्यक्ष नेम्वाङलाई आग्रह गर्ने सहमति

NCUML_20150206113835काठमाडौँ फागुन १९, सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेतावीच साझ सम्पन्न बैठकले  वार्ता र संविधानसभाको प्रक्रिया सँगसँगै अगाडि बढाउने निर्णय गरेका छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढदलवीच विपक्षी दललाई यसअघि वार्ताका लागि आह्वान गरिएको  पक्षलाईलाई  लचकताका साथ लिदै यसवीचमा स्थगन गरिएको संविधानसभाको बैठक बोलाउन सभाध्यक्ष सुवास नेम्वाङलाई आग्रह गर्ने   सहमति भएको हो ।

त्यस्तै बैठकमा सहमति र वार्ताको नाममा संविधानसभालाई अनिर्णयको बन्दी बनाउनु नहुनेमा बैठकमा सहभागि नताहरुवीच सहमति भएको बताउँदै सरकारबाट एमाले बाहिरिने भन्ने सञ्चारमाध्यममा आएका हल्ला निराधार भएको जानकारी बैठक पछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728