शनिबार, बैशाख १५, २०८१

एमालेको चेतावनीमा धारणा बनाउँन काँग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौ फागुन १९ , समसामयिक राजीतिक घटनाक्रमको बारेमा छलफल गर्न नेपाली काङ्ग्रेसको पदाधिकरी बैठक आज बस्दैछ । बिहान ९ बजेपछि पार्टी सभापति एवम् download (3)प्रधानमन्त्री सुशील कोइरालाको निवास बालुवाटारमा बैठक सुरु हुनेछ । नेकपा एमालेको स्थायी कमिटीको सोमबारको बैठकले यदी विधान नबन्ने भएपछि सरकारमा बसिरहनुको औचित्य नभएको भन्दै सरकारबाट बाहिरने चेतावनी दिएपछि प्रस्तुत प्रसङगमा धारणा बनाउन काँग्रेस पदाधिकारीको बैठक बस्न लागेको हो ।

त्यस्तै एमालेकोस्थायी कमिटीको सोमबारको बैठकले विपक्षीदलसङग वार्तासमेत नहुने अवस्थालाई कायम राखेर लामो समय अब कुर्न नहुने र संविधान निर्माण र सरकार सहभागिता सम्बन्धमा छलफल गर्दै कसरी अघि बढ्ने भन्नेमा अब सत्ता साझेदार मुख्य दल काग्रेससङग मंगलबार गम्भिर छलफल गर्ने निर्णय गरेको छ ।