शनिबार, बैशाख १५, २०८१

वार्ता र संविधानसभा बैठक सङगसङगै : सत्तारुढदल

काठमाडौ फागुन १८, प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सत्तारुढ दल काँग्रेस एमालेको आईतवार बसको संयुक्त बैठकले विपक्षी दलसँग वार्ता जारी राख्ने र NCUML_20150206113835अनिश्चितकालका लागि स्थगित संविधानसभाको बैठक छिट्टै बोलाउनुपर्ने निष्कर्ष तय गरेको छ । बैठकमा नेताहरुले एमाआवादीलगायतका विपक्षी मोर्चाको मागबमोजिम संविधान निर्माणको प्रक्रिया स्थगन गरेर हमतिके लागि भन्दै वार्ता आव्हान गर्दा पनि मोर्चाका नेताहरुले वार्ताका लागि तत्पर नदेखिएकोमा समीक्षा गरेका थिए ।

त्यस्तै बैठकमा विपक्षी दल एमाओवादी नेतृत्वको मोर्चाले शनिबार राजधानीमा आयोजित आमसभामा दिएको अभिव्यक्तिका सम्बन्धमा छलफल गर्दै प्रमुख दुई दलबीचको बैठकमा रोकिएको वार्ता र संविधानसभालाई सँगसँगै अघि बढाउने सम्बन्धमा सहमति भएको नेताहरुलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, मन्त्री एवम् केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र आचार्य तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्षत्रय वामदेव गौतम, रावल र विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुको उपस्थितीरहेको थियो ।