बुधबार, बैशाख २६, २०८१

माओवादीले एमाओवादीसङग पार्टी एकताका लागि पहल प्रक्रिया अगाडि बढाउने

काठमाडौ माघ २२,  माओवादी केन्द्रीय समितिले गरेको निर्णयका बारेमा जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओdownload (1)वादीका अध्यक्ष मोहन वैद्यले एमाओवादीसङग पार्टी एकताका लागि पहल गर्ने बताएको छ । जनयुद्ध, जनआन्दोलनकारी शक्तिको एकता जरुरी रहेको ठहर गर्दै सो पार्टीले परिवर्तनका एजेण्डा र मूल्य मान्यता धरापमा परेको भन्दै पार्टी एकताको पहल गर्ने निर्णय गरेको अध्यक्ष वैद्यले जानकारीदिनु भएको हो ।

संविधानसभाको दोस्रो निर्वाचनपछि परिवर्तनकारी शक्ति अल्पमतमा परेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेस र नेकपा एमालेले विगतको सहमति तथा सम्झौता लत्याएर एमाओवादीलगायतका शक्तिलाई समेत बाहेक गरेका कारण पार्टी एकताको जरुरी परेको भन्दै अध्यक्ष वैद्यलृ बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसर एमाओवादीलगायतका दलसङग एकता प्रक्रिया अगाडि बढाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको जानकारी दिन भएको हो ।

त्यस्तै माओवादीले आगामी फागुन १ गतेदेखि चैत २४ गतसम्म मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ । सो अभियानमा सङ्गठन सुदृढीकरण, भ्रष्टाचार, अनियमिततामा संलग्नलाई कारबाही गर्नेसमेत योजना बनाएको जानकारी सहित पार्टी सचिव नेत्रविक्रम चन्दले पार्टी छाडेपछि खाली रहेको केन्द्रीय समितिमा ३७ जनालाई थप गरेको समेत जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा माओवादीका महासचिव रामबहादुर थापा, उपाध्यक्ष सिपी गजुरेललगायतका नेताहरुको उपस्थिति थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031