बुधबार, बैशाख १२, २०८१

यस्तो छ एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाद्दारा घोषित आन्दोलनका नयाँ कार्यक्रम

काठमाडौं माघ २२, एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको आज बसेको बैठकले सत्तारुढदलको रवैया विरुद्ध भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छन । morcha-meeting-सार्वजनिक भएको कार्यक्रम अनुसार माघ २९ देखि फागुन ९ गतेसम्मको निम्नानुसारको रहेका छन । माघ २९ गते देशभर कालोझण्डा गाड्ने र २ गते देशभर संयुक्त कार्यकर्ता भेला गर्ने छन् ।

भेलाका लागि संयोजक प्रचण्ड सहितका ३५ नेताहरुलाई प्रशिक्षक तोकिएको छ। त्यस्तै गरि ३० दलले फागन ३ गते देशभर जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ भने फागुन ९ गते देशभर जनप्रदर्शन कार्यक्रम तय भउको जनाएको छ । साथै प्रस्तत आन्दोलका लागि मोर्चाले एक सभासद बराबर २० हजार उठाउने निर्णय गरेको बुझिएको छ ।