मङ्लबार, बैशाख २५, २०८१

काँग्रेस दलहरूसङगको छलफलमा

काठमाडौ पौष १८, दलहरुवीच लामो समय यतादेखि नयाँ संविधानका मुख्य विषयवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणालीका download (3)विषयमा दलहरूका बीचमा सहमति हुन सकेको अवस्थालाई विशेष ध्यान दिदै प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस पदाधिकारी बैठकले नयाँ संविधानमा समावेश हुने विवादित विषयमा सहमति गर्न अन्य दलहरूसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले माघ ८ मा संविधान जारी गर्ने दलहरूकै साझा प्रतिबद्धता भएकाले सो मितिमा संविधान जारी गर्न दलहरू थप गम्भीर र जिम्मेवार बन्नुपर्ने निष्कर्षको समेत पहिचान गरिएको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

साथै उहँले आजको बैठकमा सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतका पार्टीका नेताहरूको सहभागिता रहेको र बैठकले सत्तासाझेदार दल नेकपा ९एमाले०, प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा ९माओवादी०, मधेसवादी दलसँग छुट्टाछुट्टै एवम् सामूहिक छलफल समेत गर्ने भएको गर्न लागेको जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031