सोमवार, चैत्र १३, २०७९

नेकपा माओवादीद्दारा देशव्यापी आमहड्ताल लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौ पौष १५, नेकपा माओवादीले सोमवार सम्पन्न पार्टीको राष्ट्रिय भेलाको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा पौष २४ देखी फागुन २१ गते सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन । सार्वजनिक गरिएको कायक्रममा नेकपा माओवादीले बर्तमान संबिधानसभा बिघटन गरी राष्ट्रिय राजनीतिक सभा cpn_maoistगठनको गन समेत माग गरेका छन । त्यस्तै घोषित आन्दोलनका कार्यक्रम अन्र्तगत क्षेत्रिय हडताल, देशव्यापी आमहड्ताल र प्रदर्शन, युवा मार्चपास, आमसभा लगायतका कार्यक्रम रहेका छन् ।
यस्तै माघ ८ गते संबिधान जारी भए ९ गते सबै जिल्ला सदरमुकाममा जारी संविधानका प्रति जलाउने कार्यक्रम तय गरिएको पार्टी महासचिव रामबहादुर थापाले बताउनभएको छ ।
पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिदै पार्टी उपाध्यक्ष सिपी गजुरेलले एमाओवादी नेतृत्वको मोर्चासङग सल्लाह गरेर आन्दोलनका कार्यक्रम तय गरिएको खुलासा गर्द दुबै पक्षको उदेश्य जनविरोधी संबिधान नबनोस भन्ने रहेको प्रष्ट गर्नुभएको छ । साथै उहाँले आफ्ना ६ बुंदे मागबारे सकारात्मक भए ए माओवादीसङग पार्टी एकता प्रक्रिया समेत अघि बढ्ने भन्दै उपाध्यक्ष गजुरेलले सबै माओवादीको एउटै केन्द्र बनाउन आफ्नो दलले पहल गर्ने जानकारी त्यस अवसरमा दिदै भेलाले संबिधानसभा बिघटन गरी सर्वपक्षिय राष्ट्रिय राजनीतिक सम्मेलनको माग सहित आन्दोलनमा जाने बिषयलाई तत्कालिन कार्यनीति बनाउने निर्णय गरेको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2014
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930