शनिबार, बैशाख ८, २०८१

सहमति सहमति भन्दै दलहरु आ-आफ्नै अडानमा, दलहरुको बैठक निष्कर्षविहीन, आज पनि बैठक बस्दै

सभामुख सुवास नेम्वाङले संविधानको विवादित सवालमा सहमति बनाउन दिएको म्याद आजै सकिँदै

काठमाडौ पौष २१, संविधानका विवादित विषयमा सहमति जुटाउन भन्दै पछिल्ले प्रयास स्वरुप आईतवार बसेको मधेसवादीदल सहितको प्रमुख तीन राजनीतिक दलको े 3-dal1बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटामा बसेको उक्त बैठकमा कुनै पनि ठोस सहमति नभएपनि आज पुनः बिहानैदेखि बस्ने द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय बैठकमा छलफल गर्नेसहमति भने भएको नेताहरुले जानकारी दिनुभएको छ ।

बैठकपछि पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आईतवारको बैठकमा संविधनका विवादित सवालमा छलफल भएको भएपनि ठोस सहमति बन्न नसकेको तर आज हुने काँग्रेस र एमालेबीचको छलफल पछि बस्ने चारदलीय छलफलबाट केहि उपलब्धीको अपेक्षागर्न सकिने बताउनुभएको छ ।

यसवीचमा सभामुख सुवास नेम्वाङले प्रमुखदलहरुलाई संविधानको विवादित सवालमा सहमति बनाउन आजसम्मको समयसीमा दिदै यदि दलहरुले सहमति गर्न नसके आफूलाई संविधानको मस्यौदा गर्ने अधिकार दिन प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्नुभएकाले सोही अवधिभित्र प्रस्तुत मुद्धामा नितिगत निष्कर्षको पहिचान गर्ने पर्ने अवस्थ एका तर्फ विद्यमान छ भने अर्कोतर्फ सहमति बनाउँनेभन्दा पनि दलहरु मेरो गोरुको बाह्रै टक्काको मनस्थितीमा रहेका छ ।

आईतवारको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, काँग्रेसका उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रम तथा उपाध्यक्ष वामदेव गौतम, उपाध्यक्ष विद्यादेवी भण्डारी सहभागी हुनुहुन्थ्यो । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठ र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार, राजेन्द्र महतो, महहन्थ ठाकुर र शरत्सिंह भण्डारीकोउपस्थितीरहेको थियो