मङ्लबार, बैशाख १८, २०८१

सात प्रदेश सहितको साझा प्रस्तावमा सहमतिमा आउँन काँग्रेस एमालेले गर्यो आग्रह

काठमाडौ कात्तिक १९, सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)ले आ आफ्नो संसदीय दलको कार्यालयमा भएको अनौपचारिक बैठकमार्फत संविधानका विवादित प्रसङगमा प्रस्तुत सात प्रदेश सहितको अवधारण सहितको प्रस्तावमा सहमतिमा आउन एमाओवादी र अन्य दललाई आग्रह 11103गरेको छ ।

छलफलको क्रममा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलको समेत उपस्थिती रहेको संसदीयदलको अनौपचारिक बैठकमा सभासद्सङग छलफल गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई लामो समय अन्योलमा नराख्न र सकेसम्म सहमति र त्यसो हुन नसकेमा प्रक्रियाबाट अघिबढ्ने  वातावरण बनाउँनु पर्नेमा विशेष छलफल भएको बुझिएको छ ।

त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका पदाधिकारीको अनौपचारिक बैठकले पनि काँग्रेस र एमालेबीचको सहमतिको प्रस्ताव सान्दर्भिक भएको ठहर गर्दै त्यसमै सहमतिका लागि पहल गनुपर्नेमा छलफल भएको थाहा भएको छ ।