काठमाडौं असोज ४, संविधानका विवादित विषयमा सहमति जुटाउन असोज १४ गते सम्मको लागि म्याद थप भएको संवैधानिक राजनीतिक संवाद सहमति समितिले आज दिउँसो १ बजे सिंहदरबारमा बैठकको आव्हान गरेकोछ। समाचार स्रोतका अनुसार आजको बैठकमा संविधानका विवादित विषयमा सहमतिका लागि नयाँ प्रयासको थालनी गर्नका लागि आज बैठक बोलाइएको बुझिएको छ ।
गत विहिबार बसेको संविधानसभा बैठकले संविधानसभाका अन्र्तवस्तुमा सहमति जुटाउन १२ दिनको म्याद थप सहित आगामी २१ गतेभित्र सहमति र असहमतिका विषय छुट्टाएर फरक–फरक प्रतिवेदन पेस गर्न पनि समितिलाइ निर्देशन दिएका थिए । संविधानसभाले अहिलेसम्म सहमति निर्माण भएका विषय मस्यौदा समितिमा पठाएको छ भने असहमतिका विषय सहमति निर्माणका लागि संवाद समितिमा फिर्ता पठाएको छ ।