शनिबार, बैशाख १५, २०८१

सहमति कार्यान्वय नभएसम्म संसद् सुचारु हुन नदिने मोर्चाका निर्णय

काठमाडौ असोज ३ सङ्घीय गणतान्त्रिक मोर्चाका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको बैठकले संविधान लेखनका लागि morcha-meeting-उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नभएसम्म व्यवस्थापिका संसद्को बैठक सुचारु हुन नदिने निर्णय गरेको छ । राजनीतिक संयन्त्र गठन लगायतका प्रसङमा नेपाली काँग्रेस, नेकपाएमाले, एमाओवादी र मधेसवादी दलहरूबीच गत पुस ९ गते चारबुँदे सहमति भएपनि उक्त सहमति कार्यान्वयनको पक्षमा पछिल्लो समयमा आएर सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले उक्त सहमति प्रति गम्भीर नभएकोमा आपत्ती प्रकट गरेका थिए ।

यसैबीच, प्रमुख प्रतिपक्षी दल एनेकपामाओवादी सहित मोर्चाले उठाएका मागबारे छलफल गर्न राजनीतिक दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा नेका, एमाले र एनेकपा माओवादी, मधेसवादी दलका शीर्ष नेताको सहभागिता रहेको समाचार स्रातले जनाएको छ ।