शुक्रबार, चैत्र १६, २०८०

सरकार दलहरु उदासिन भएका कारण सम्मेलन भाँडिएको बैद्यको जिकिर

ललितपुर असोज १, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले केन्द्रीय पार्टी स्कुल विभागद्वारा आज यहाँ आयोजित नेवाः तथा ताम्सालिङ mohan_baidhyaराज्यस्तरीय प्रशिक्षक एवम् प्रशिक्षण स्कुलिङ कार्यक्रमको उद्घाटन गदैं मङलबार हने भनिएको सर्वपक्षीय राजनीतिक सम्मेलन स्थगित हुनुमा नेकपा माओवादी कुनैपनि अर्थमा दोषी नभएको दावी प्रस्तुत गनुृ भएको छ ।

सम्बोधनको क्रममा अध्यक्ष बैद्यले आफुहरुले राखेको माग प्रति सरकार, नेपाली काँग्रेस, नेकपा (एमाले) तथा एमाओवादी गम्भीर हुन नसक्दा सम्मेलन हन नसकेको खुलासा गदै संविधानका अन्तरवस्तु तथा विधि, प्रक्रिया एवम् ढाँचाबारे आफ्नो पार्टीले लिएको धारणालाई लिखितरुप दिन अस्वीकार गरेपछि सर्वपक्षीय राजनीतिक सम्मेलनमा भाग नलिएको अध्यक्ष वैद्यको बताउदै ठूला दलले जे भने पनि हुन्छ भन्ने जस्ते अहमता प्रदर्शन गर्नुनै सम्मेलन भाँडिनुको प्रमुख कारण भएको बताउँनु भएको छ ।