मङ्लबार, बैशाख १८, २०८१

राप्रपामा आन्तरिक कलह चुलियो,नेता चन्दद्वारा आयोगमा अध्यक्षको दावी गर्दै गरे निवेदन दर्ता

काठमाडौँ आषाढ २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक कलह चुलिएको छ । कलहको पछिल्लो श्रुखला अनुरुप नेता लोकेन्द्रबहादुर imageचन्दले आफू पार्टीको वैधानिक अध्यक्ष भएको भन्दै आज निर्वाचन आयोगमा निवेदन दर्ता गराए पछि प्रस्तुत कलह थप चरम चुलीमा पुगेको हो ।

नेता लोकेन्द्रब��ादुर चन्दले आज रत्नपार्कस्थित शान्तिबाटिकाबाट नारा र जुलुससहित निर्वाचन आयोगमा पार्टीको एकताको महाधिवेशनमा पार्टीको चक्रिय प्रणालीअनुसार अध्यक्षता ग्रहण गर्ने सहमति भएको र सोहि अनुरुप आफू पार्टीको आधिकारीक अध्यक्ष भएको भन्दै आयोगको कानुनी शाखामा निवेदन दर्ता गराउनुभएको छ ।

यस अघि राप्रपाका निर्वतमान अध्यक्ष सूर्यबहादुर थापाले पार्टीबाट अवकाश लिएपछि त्यसको भोलिपल्टै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफू पार्टी अध्यक्ष भएको घोषणा गर्नुभएको थियो भने थापा निकट मानिएका पशुपतिशम्शेर राणाले पनि आफू पार्टी अध्यक्ष भएको घोषणा गरेपछि पार्टी भित्र आन्तरिक कलह सुरु भएको हो ।