शनिबार, बैशाख १५, २०८१

एमाले महाधिवेशनका लागि अध्यक्ष मण्डल गठन,निर्धारित समयमा बन्दसत्र सुरु हुने संभावना न्यून

काठमाडौँ आषाढ २०, नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि १३ सदस्यीय अध्यक्ष मण्डल र स्टेरिङ कमिटी गठन गरिएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र सञ्चालनका लागि स्थायी कमिटीको बैठकले यी कमिटी गठन गरेका हुन् ।

UML_Logo_9_th_Congressगठित अध्यक्ष मण्डलमा क्रमस उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, नेताहरू भरतमोहन अधिकारी, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, धर्मनाथ शाह, किरण गुरुङ, भोजराज जोशी, भीम रावल, नागेन्द्र चौधरी, राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यलाई स्थायी कमिटीले प्रस्ताव गरेको छ । सो प्रस्तावलाई बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, स्टेरिङ कमिटीमा सचिवहरू विष्णु पौडेल, शङ्कर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, रघुवीर महासेठ, विष्णु रिमाल, अग्नि खरेल, विन्दा पाण्डे, केशवलाल श्रेष्ठ, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, डा. विजय पौडेल र वेदुराम भुसाल रहनुभएको छ । यसैगरी, सात सदस्यीय माइन्युट लेखन कमिटी पनि गठन गरिएको छ ।

त्यस्तै स्थायी कमिटीको बैठकले एकसय ११ प्रतिनिधि मनोनीतमा सहमति कायम गर्न नसकेका कारण निर्धारित समयमा बन्दसत्र सुरु हुने संभावना क्षिण बन्दै गएको सम्बद्ध स्रोतले जनाएको छ ।