शुक्रबार, बैशाख १४, २०८१

प्रतिनिधि मनोनयनमा सहमति जुटाउन एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौं आषाढ २०, शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं भन्ने मूलनारा सहित राजधानीको भृकुटीमण्डपमा विहीवारबाट सुरु भएको नेकपा एमाललेको नवौं महाधिवेशनको उद्घानसत्र जति चर्चाको विषय बनेको थियो त्यो भन्दा बढी महाधिवेशनको उद्‌घाटन गर्दै गर्दा यता महाधिवेश स्थल प्रवेशद्धार अर्थाथ भृकुटी मण्डपको मूल गेटमा भएको भिडन्तले UML_Logo_9_th_Congressथप चर्चा पाएको छ ।
विवाद र चर्चाका वीच सुरु भएको नेकपा एमाललेको महाधिवेशनमा पार्टीबाट मनोनित गर्नुपर्ने एकसय ११ जना प्रतिनिधि मनोनयनमा देखिएको असहमतिका कारण नवौं महाधिवेशनको आज अपरान्ह देखि सुरुहुने भनिएको बन्द सत्र पनि प्रभावित हुने संभावना देखिएकोछ । यद्यपी मनोति गरिनु पर्ने एकसय ११ जना प्रतिनिधिको मनोनयनका लागि देखिएको विवाद मिलाउँन अहिले केहीबेरमा पार्टी स्थायी समितिको बैठक बस्दै गरेको जानकारी सम्वद्ध स्रोतले दिएको छ ।

यदि पार्टी स्थायी समितिको बैठकले हार्दिकता पूर्वक मनोनयनको प्रक्रिया पूरा गरेको अवस्थामा नवौं महाधिवेशनको बन्द सत्र अपरान्हबाट सुरु हुने अन्यथा निर्धारित समय भन्दा पछि सर्ने प्रवल संभावना रहेको स्रोतको दावी रहेकोछ । आजको बन्द सत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन महासचिव इश्वर पोखरेलले विधान संशोधन र सांगठानिक प्रस्ताव पेश गर्नुहुने भएको छ ।