शुक्रबार, चैत्र १६, २०८०

महाधिवेशन सूचारुका लागि अध्यक्ष मण्डलद्दारा १६ बुँदे आचारसंहिता जारी

काठमाडौं आषाढ २०, नेकपा एमालेका नवौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अनेकन प्रसङमा विवाद उतपन्न भएपछि अध्यक्षमण्डलले १६ बुँदे आचारसंहिता जारी गरिएको छ । आचारसंहिता जारी भएपछि अबरुद्ध महाधिवेशन सुचारु भएको थियो । महाधिवेशन सम्पूर्ण प्रतिनिधिहरूले पालना UML_Logo_9_th_Congressगर्नु पर्ने आचारसंहिता

१. सम्पूर्ण प्रतिनिधि कमरेडहरू बन्द सत्रमा अनुशासित र मर्यादितरूपमा सहभागी हुनुपर्नेछ ।

२. सबै प्रतिनिधि कमरेडहरूले बन्दसत्रका सम्पूर्ण काम९कारबाहीलाई सफल पार्न भूमिका खेल्नु पर्नेछ । तोकिएको समयभित्रै अधिवेशन कक्षमा प्रवेश गर्ने र कार्यक्रम सकिएपछि मात्रै अधिवेशन स्थलबाट बाहिरिनु पर्नेछ ।

३. अधिवेशन चलिरहेको बेला होहल्ला गर्ने, कानेखुसी गर्ने, समूह-समूह भएर कुराकानी गर्ने र अधिवेशनको काम कार्बाहीलाई बाधा अवरोध गर्ने काम गर्नु हुँदैन ।

४. अधिवेशनमा कुनै पनि नेता कमरेडहरूको पक्ष या विपक्षमा हल्ला गर्ने, हुटिङ गर्ने, नाराबाजी गर्ने काम गर्नु हुँदैन ।

५. अध्यक्ष मण्डलको अनुमति नलिइकन कुनै पनि सामग्री, पुस्तक, पर्चा या पत्रिका सभाकक्ष र सभाकक्षको परिशरमा बाँड्न पाइने छैन । बाँडिएको भेटिएमा त्यस्तो सामग्री जफत हुनेछ ।

६. अध्यक्ष मण्डलको अनुमति नलिइकन हल बाहिर जान पाइने छैन ।

७.बन्दसत्र चलिरहेको बेला मोबाइललाई स्वीच अफ या साइलेन्ट मोडमा राख्नुपर्ने छ । बन्दसत्र चलिरहेको बेला मोबाइलमा कुरा गर्न पाइने छैन ।

८। बन्दसत्रभित्र धुमपान, मद्यपान या सूर्तीजन्य पदार्थहरूको प्रयोग गर्न पाइने छैन ।

९। सबै प्रतिनिधिहरूले प्रतिनिधि कार्ड देखिने गरी लगाउनु पर्नेछ । सुरक्षाकर्मी र स्वयंसेवकहरूलाई आवश्यक सहयोग पुर्‍याउनु पर्नेछ ।

१०. सभाकक्षमा प्रतिनिधि तथा तोकिएका स्वयंसेवकहरु बाहेक अरुले प्रवेश गर्नपाउने छैनन् । यस बाहेकका अनाधिकृत व्यक्तिहरुले प्रवेश गरेको भेटिएमा सभाकक्षबाट निष्काशित गरिने छ ।

११. कुनै पनि प्रतिनिधिले वातावरणलाई अनावश्यक रूपले उत्तेजित बनाउने र बन्द सत्रलाई असहज बनाउने काम गर्नपाइने छैन ।

१२.सबै प्रतिनिधिहरूले भोली असार २१ गते विहानसम्म स्थायी प्रतिनिधि कार्ड बनाइसक्नु पर्नेछ । भोलिदेखि अस्थायी कार्ड रद्द गरिएको छ । अस्थाई कार्डको आधारमा सभाकक्षमा प्रवेश गर्नदिइने छैन । प्रतिनिधि नभएका उपसमितिका सदस्यहरूले बन्द सत्रको सभाकक्ष भित्र प्रवेश गर्न पाइने छैन ।

१३. प्रतिनिधिहरुले आफ्नो कुरा अध्यक्षमण्डलको अनुमतिले पालैपालो मात्र राख्न पाइने छ । त्यसरी आफ्नो कुरा अध्यक्ष मण्डलले तोकेको समयभित्र राख्नुपर्ने छ । एक समयमा एकजनाले मर्यादित रुपमा आफ्नो कुरा राख्नुपर्ने छ । कुरा राख्दा कुनै जाति, भाषा, धर्म, लिंग, समुदाय र क्षेत्र तथा व्यक्ति प्रति अमर्यादित भाषा प्रयोग गर्नपाइने छ्रैन ।

१४. संचालन प्रक्रियाको सम्बन्धमा अध्यक्ष मण्डलको निर्णय अन्तिम हुनेछ ।

१५. नवौं राष्ट्यि महाधिवेशनको सुसंचालन र सुव्यवस्था कायम राख्नु सबै प्रतिनिधिहरुको कर्तब्य हुनेछ ।

१६. स्वयंसेवकहरुले अध्यक्ष मण्डलको निर्देशन अनुसार काम गर्नुपर्ने छ ।