मङ्लबार, बैशाख १८, २०८१

एमालेले आज ७१ जिल्लामा महाधिवेसन प्रतिनीधि छनौट गर्दै

काठमाडौँ आषाढ ७, आसन्न नवौ महाधिवेसनका लागि नेकपा एमालेले उप निर्वाचन हुने चारवटा जिल्ला वाहेक ७१ जिल्लामा आज प्रतिनीधि UML_Logo_9_th_Congressछनौट गर्ने भएको छ। बाँकी ४ जिल्लामा भने आषाढ १० गतेका दिन प्रतिनीधि छनौट गर्ने एमालेले जनाएको छ। त्यसो त यसअघि पनि ७१ जिल्ला मध्ये केही जिल्लामा प्रतिनीधि छनौट भइसकेका छन् ।

नवौ महाधिवेसन मार्फत पार्टीको नेतृत्व लिन बरिष्ठ नेता मावकुमार नेपाल र नेता केपी ओली मैदानमा उत्रिएको अवस्थामा अहिलेगाउँ तहसम्म एमाले कार्यकर्ताहरु दुई गुटमा विभाजित देखिएका छन् ।
महाधिवेशनमा झण्डै दुई लाख ६० हजार संगठित सदस्यहरु मध्येबाट झण्डै दुई हजार प्रतिनीधि छनौट हुने एमाले प्रचार विभागप्रमुख प्रदिप ज्ञवालीले बतउँनु भएको छ।