बिहिबार, बैशाख १३, २०८१

एमाओवादी सहितका पाँच कम्युनिस्ट एकताका लागि कार्यदल गठन

काठमाडौँ आषाढ ७, एमाओवादी , नेकपा–माओवादी सहितका पाँच राजनीतिक दल कार्यगत एकताका लागि सहमत भएका छन् । एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको ती दलको संयुक्त बैठकले कार्यगत एकताको आधार तयार पार्नका लागि एक कार्यदल गठन गरेको छ ।

maoist-office_20140224091425एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी, नेता डा बाबुराम भट्टराई, सचिव वर्षमान पुन, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा, उपाध्यक्ष सिपी गजुरेल, सचिवद्वय देवप्रसाद गुरुङ र नेत्रविक्रम चन्द लगायतका नेताहरुको सहभागिता रहेको बैठकले एमाओवादीका तर्फबाट महासचिव कृष्णबहादुर महरा, नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङ, नेकपा (माओवादी)का नेता देवनारायण यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता टीकाविक्रम हमाल र एकीकृतका नेकपाका नेता रामसिंह श्रीस रहनुभएको कार्यदलमा गठन गरिएको छ ।

त्यस्तै कार्यदललाई यही असार १६ गते बस्ने संयुक्त बैठकमा कार्यगत एकताको आधार, नीति, नेतृत्व, राजनीतिक तथा साङ्गठनिक योजना पेस गर्ने अख्तियारी दिदै आगामी आषाढ १६ गते कार्यगत एकताको औपचारिक घोषणा गर्ने नितिगत तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ ।