मङ्लबार, बैशाख १८, २०८१

आसन्न संविधानसभा उप-निर्वाचनका लागि एमालेले छाने उम्मेदवार

काठमाडौं ज्येष्ठ ९, आसन्न संविधानसभा सदस्य उपनिर्वाचनका लागि एमालेले चारै क्षेत्रमा उम्मेदवार छानेको छ । नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले उम्मेदवारको छनौट गरेको हो । जस अनुसार काठमाडौं क्षेत्र नं.२ मा दोस्रो संविधानसभाको निर्वाचनममा काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रंजीत संग पराजित केन्द्रीय सदस्य एवं उपत्यका ईञ्चार्ज कृष्णगोपाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने कैलाली क्षेत्र नं. ६ मा पनि नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग पराजित पराजित महेश्वर पाठकलाई उम्मेदवार बनाएको छ ।

त्यस्तैगरि चितवन क्षेत्र नं। ४ मा मुक्ति शर्मा, बर्दिया क्षेत्र नं. १ मा श्याम ढकाललाइ उम्मेदवार बनाएको छ । प्रस्तावित निर्वाचन क्षेत्रहरुमा यसपटक नेपाली काँग्रेसले पहिलो पटक उम्मेदवारको घोषणा यसअघिनै गरिसेकको छ भने एमाओवादीले यसअघि पराजितलाई नै चारै क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ।