शनिबार, बैशाख ८, २०८१

एमाओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दै, निर्वाचनबाट पदाधिकारीको टुंगो लगाइने

काठमाडौँ ज्येष्ठ १० ,एमाओवादी)ले निर्वाचनको विधिबाट स्थायी समिति, पोलिटब्युरो र पदाधिकारीको चयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनको विधिद्वारा उपल्लो तहको नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

maoist-office_20140224091425पदका आकाङ्क्षी धेरै भएको र सहमतिको प्रक्रियाबाट नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचनको विधि अवलम्बन गर्ने निर्णय भएको प्रवक्ता दीननाथ शर्माले जानकारी दिनुभयो । एमाओवादीले पदाधिकारीको सङ्ख्या भने हालसम्म तय गर्न सकेको छैन । स्थायी समितिमा भने पदाधिकारीसहित १६ जना रहने व्यवस्था गरिएको छ । यस्तै पोलिटब्युरोमा ५१ सीटका लागि १५१ जना केन्द्रीय सदस्यबाट चुनावी प्रतिस्पर्धाबाट सदस्य छनौट गरिर्ने ले बताए ।

प्रवक्ता दीननाथ शर्माका अनुसार आज र बिहान ११ बजे बस्ने बैठकमा निर्वाचन हुने जनाइएको छ । आजको बैठकले संविधानसभाको उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्ने तयारी एमाओवादीको रहेको बुझिएको छ ।