मङ्लबार, बैशाख १८, २०८१

आठ केजी चरेस सहित तीनजना पक्राउ

 वीरगन्ज वैशाख ८, पर्साको मुड्ली गाविसबाट प्रहरीले आठ केजी चरेससहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको निचुटा गाविस–७ निवासी सराजुल मियाँ, अलौ निवासी अफताब आलम र भिस्वा गाविस निवासी जवाहिर अन्सारी रहेका छन् । निचुटाबाट ग३प ४९४५ नम्बरको मोटरसाइकलमा Charesचरेस लिएर भारततर्फ जाँदै गरेका मियाँ र आलमलाई इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी टोलीले मुडली–५ बाट पक्रेको हो ।

मियाँ र आलमले दिएको बयानका आधारमा जवाहिर अन्सारीलाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । यसैबीच पर्सा प्रहरीले ठगी अभियोगमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–१३ निवासी जोगेन्द्रप्रसाद कलवारलाई पक्राउ गरेको हो । जिल्ला अदालत पर्साले उनीसँग ठगी मुद्दामा रु १३ लाख १३ हजार ३३३ धरौटी माग गरेको थियो । कलवारले मागअनुसारको धरौटी रकम तिर्न नसकेपछि जेल पठाइएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहलाई उदृत गर्दै प्राप्त समाचारमा जनाईएको छ।