शुक्रबार, बैशाख १४, २०८१

जीप दुर्घटनामा ४ को मृत्यु, १० घाइते

गुल्मी वैशाख ७, गुल्मीको दरबार देविस्थानबाट सदरमुकाम तम्घासतर्फ आउंदै गरेको जीप बिहान दरबार देविस्थान ८ तेलपोखरामा दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका १३ घाइते मध्ये ४ को अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार लु१ज २५२९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा देविस्थान ८ का ८ वर्षीय बालक विवश सारुको मृत्यु भएको हो । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ । जिपमा २२ जना सवार रहेको स्थानीयले बताएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।